२०८२ साउन २२ गते
काठमाडौं । हाईलाइफले नयाँ उत्पादन स्वरुप हाईलाइफ बासमती चामल बजारमा ल्याएको छ । हाईलाईफलको बुधबार आयोजित पार्टर मिट कार्यक्रममा चामल सार्वजनिक गरेको हो ।
कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेल लगायत संचालकहरुले नयाँ प्रोडक्ट सार्वजनिक गरेका हुन् । कम्पनीका अनुसार हाईलाइफले एक्स्ट्रा लोड ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र जिआई राइस बजारमा ल्याएको हो ।नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाइलाइफ फूड्सले नयाँ प्रडक्टका रुपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
यो चामल घरको भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अन्य बासमती चामलहरूको तुलनामा हाइलाइफ फूड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिक तत्वले पूर्ण रहेको कम्पनीको भनाइ छ ।
अध्यक्ष पौडेलले भने, 'आजसम्म हाइलाइफले एफएमसिजी अन्तर्गत विभिन्न २० वटा प्रडक्ट बजारमा ल्याएका छौं । जसमा कुरुमकुरुम चिउरादेखि, चोकोप्लस, कन्फ्लेक्स, मसौरा, बेसन, ब्रुसली, केचप, जाम, बदाम, चियासिड्स, पेस्तालगायत प्रमुखमा पर्छन् ।'
अध्यक्ष पौडेलले हाइलाइफ ब्राण्डका खाद्य बस्तुहरुलाई उपभोक्ताको पहिलो रोजाइको कम्पनी बनाउने योजनाका साथ अगाडि बढेको बताएका छन् ।
प्रतिक्रिया