यी हुन् हर्क साम्पाङको‘ श्रम संस्कृति पार्टीका पदाधिकारीहरु

२०८२ असोज २१ गते

यी हुन् हर्क साम्पाङको‘ श्रम संस्कृति पार्टीका पदाधिकारीहरु

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले खोलेको ‘श्रम संस्कृति पार्टी’को पदाधिकारीको नाम सार्वजनिक भएकोछ  । 

 

Advertisement:

Ad
Ad

असोज ७ गते दर्ता गराइएको सो पार्टीमा साम्पाङ आफैं अध्यक्ष छन् भने उपाध्यक्षमा राजकुमार तामाङ लामा ९देवराज०, महासचिवमा आरेन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ रहेका छन्। पार्टीले ‘माटो’ चुनाव चिन्ह प्रस्ताव गरेको छ र २३ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ।

 

०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेर धरान उपमहानगरपालिको मेयर निर्वाचित बनेका साम्पाङले गत वर्ष नै राजनीतिक पार्टी खोलेर ०८४ (तत्कालिक अवस्था) को निर्वाचनमा भाग लिने उद्घोष गरेका थिए । तर जेनजी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको र चुनावको मितिसमेत घोषणा भइसकेको अवस्थालाई मध्यनजर गर्दै साम्पाङले दल दर्ताको निवेदन दिएका हुन् ।

 

धरानको मेयर निर्वाचित भइसकेपछि ‘श्रम अभियान’ चलाउँदै आएका साम्पाङ अन्तरिम सरकारमा सहभागी हुन दौडधुप गरेका थिए । तर उनलाई जेन जी प्रदर्शनको स्टेक होल्डर दावी गर्ने समूहले खासै वास्ता नगरेपछि दल खोल्ने निर्णयमा पुगेको बताइन्छ ।