गृहमन्त्री ओमप्रकाश लक्षित सुदन गुरुङको आक्रोश,'लोप्पा खाएर कुर्शीमा टाँसिरहन कुन इमानले दियो ?'

२०८२ मंसिर ०३ गते

गृहमन्त्री ओमप्रकाश लक्षित सुदन गुरुङको आक्रोश,'लोप्पा खाएर कुर्शीमा टाँसिरहन कुन इमानले दियो ?'

काठमाडौं । ‘हामी नेपाली’ अभियानका संयोजक सुदन गुरुङले गृहमन्त्री ओम प्रकाश अर्यालप्रति कडा कटाक्ष गर्दै आन्दोलन दबाउन मूख्य भूमिका खेलेकाहरुप्रति केही गर्ननसक्नु निरिहताको पराकाष्ठा भएको आरोप लगाएका छन् । उनले हिजो आन्दोलन दबाउन भूमिका खेल्नेहरुले आज खुलेआम यो सरकारलाई लोप्पा खुवाइरहँदा पनि मौन बसेको आरोप लगाएका छन्।

उनका अनुसार सरकारले साना तथा सामान्य नागरिकमाथि कडा कानून लागू गर्ने तर प्रभावशाली व्यक्तिहरूलाई उन्मुक्ति दिने प्रवृत्ति देखाएको छ। शान्तिपूर्ण रूपमा विरोध गरिरहेका युवामाथि गोली चलाउनेहरूको अनुसन्धान र कारबाही गर्न गृहमन्त्रीमा इच्छाशक्ति नदेखिएको भन्दै उनले आक्रोश प्रकट गरेका छन्।

Advertisement:

Ad
Ad

गुरुङले फेसबुकमार्फत लेख्दै भनेका छन् कि दुर्गा प्रसाईँभन्दा पनि धेरै भड्काउने अभिव्यक्ति दिनेहरू खुलेआम सरकारलाई चुनौती दिँडिरहेका छन्, तर तिनै व्यक्तिहरूमाथि सरकारले कुनै कदम चालेको छैन। शान्तिपूर्ण विरोधकर्तामाथि गोली चलाउनेहरू पनि त्यही समूहसँग सम्बन्धित रहेको दाबी गर्दै उनले सोही शैलीमा पक्राउ गरी छानबिन गर्न गृहमन्त्री असमर्थ देखिएको टिप्पणी गरेका छन्।

गृहमन्त्रीलाई प्रश्न गर्दै गुरुङले भनेका छन्, ‘आफूलाई संविधानविद् भन्नेहरूले संविधानको कुन धारामा साना नागरिकलाई मात्र ऐन लागू र ठूला व्यक्तिलाई छुट दिने व्यवस्था छ रु यदि विधिको शासन नै लागू हुन सक्दैन भने पुरानो र अहिलेको शासनको फरक के रह्योरु’

शक्तिशाली व्यक्तिहरू खुलमै दादागिरी गरिरहेको आरोप लगाउँदै उनले सो व्यवहार स्वीकारेर कुर्सीमा टाँसिएर बस्नु गृहमन्त्रीलाई कत्तिको उचित हो भनेर प्रश्न उठाएका छन्।