२०८२ मंसिर १४ गते
गोरखा । गोरखाको बाह्रकिलोमा रोकिराखेको बस एक्कासी गुड्दा दुर्घटना हुन पुगेको छ । बस सडकबाट १० मिटर तलखस्दा बसमा रहेका २१ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइते २० जनालाई उपचारका लागि गोरखा अस्पताल र एक जनालाई चितवन पठाइएको प्रहरीले जानकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।
बस स्टार्टमा राखेर चालक यात्रु खोज्न चोकतिर गएका बेला गोरखाबाट नारायणढका लागि छुटेको ना ४ ख १४१९ नम्बरको बस यात्रु सहित जङ्गलमा खसेको हो । बसका चालक र सहचालक प्रहरी नियन्त्रणमा रहेका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया