घुससहित समातिए वैदेशिक रोजगार विभागका सुब्बा

२०८२ चैत २८ गते

घुससहित समातिए वैदेशिक रोजगार विभागका सुब्बा

काठमाडौँ । वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै समातिएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई १५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको रकम ७७ हजार ६०० रुपैयाँसहित आज पक्राउ गरेको हो । 

Advertisement:

Ad
Ad

मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 

अख्तियारको टोलीले निजको साथबाट तीन थान मोबाइलसमेत बरामद गरेको छ ।