गगनको नयाँ प्रस्ताव : मंसिर २७-२८ गते विशेष महाधिवेशन गरौं

२०८२ कात्तिक २८ गते

गगनको नयाँ प्रस्ताव : मंसिर २७-२८ गते विशेष महाधिवेशन गरौं

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर २७ र २८ मा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। एक महिनादेखिको छलफलबाट नतिजा ननिस्केपछि उनले केन्द्रीय समितिमा यस्तो सुझाव राखेका हुन्।

थापाका अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको भएकाले अब यही आधारमा अघि बढ्नुपर्छ। उनका अनुसार सभापति शेरबहादुर देउवाले पनि मंसिरभित्रै महाधिवेशन गर्न सहज वातावरण बनाइदिएका छन्।

Advertisement:

Ad
Ad

थापाले नयाँ नेतृत्व चयन गर्न मंसिरमा विशेष महाधिवेशन आवश्यक रहेको, समानुपातिक सूची बुझाउने मिति निर्वाचन आयोगसँग आग्रह गरेर सार्न सकिने प्रसताव राखेका हुन् ।कांग्रेस बैठकमा महामन्त्री थापाको भनाइ राख्ने पालो सकिएको छ । औपचारिक निर्णय भने देउवा फर्किएपछि मात्र हुने कांग्रेस नेतृत्वको तयारी छ।