गगन विश्वप्रकाशमाथि खनिए प्रकाशरण, 'देउवा निको हुँदासम्म पनि कुर्न सकिँदैन ?'

२०८२ असोज ०५ गते

गगन विश्वप्रकाशमाथि खनिए प्रकाशरण, 'देउवा निको हुँदासम्म पनि कुर्न सकिँदैन ?'

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति आक्रोश व्यक्त गरेका छन् ।पत्रकार सम्मेलन गर्दै महतले पार्टी सभापति शेरबहादुर देउवा दम्पत्ति उपचार गराइरहेको अवस्थामा नेतृत्व परिवर्तनको विषय उछालिरहनु उचित नभएको बताएका हुन् । 

 

Advertisement:

Ad
Ad

गगन विश्वप्रकाशले जेनजी आन्दोलनले पुराना पार्टीमा पुस्तान्तरणको दवाब रहेको  भन्दै नेतृत्व परिवर्तनमा जोड दिँदै आएका थिए । उनले भने,
“हाम्रो सभापति लोकतन्त्रको लामो लडाइँ लड्नुभयो । उहाँमाथि त्रासदीपूर्ण आक्रमण भयो । कतिपय जिम्मेवार साथीहरु आक्रमण भएको उपचार पूर्ण नभएको अवस्थामा पनि संवेदनशील हुन नसक्नु दुखको कुरा हो,” उनले भने, “आलो घाउ ठिक नहुँदै सुरु भएको बहसप्रति गम्भीर छौँ । अहिले एक हुने बेला हो । एक भएर कमी कमजोरी हटाउन सकिँदैन र रु जुन बेलामा घाउ लागेको छ, घाउमा नुन छर्ने प्रवृत्ति गलत हो ।”

 

उनले २३ गतेभन्दा चारदिन अघिसम्म त्यही सभापतिका नजिक अहिले विरोध गरिरहेका नेताहरु नै रहेको धारणा राखे ।“२३ गतेको चारदिन अघिसम्म त्यही सभापति अत्यन्त ठिक हुने । हामी त बरु अलि टाढा लागौँला । जुन साथीहरुले अहिले प्रश्न उठाउनुभएको छ । नेतृत्व परिवर्तनको कुरा गर्नुभएको छ । उहाँहरु सबैभन्दा नजिक हुनुहुन्थ्यो,” उनले भने, “उहाँहरुको उठबसलाई राम्रोसँग हेर्ने हो भने उहाँहरु नजिक हुनुहुन्थ्यो । हामीले भनेका थियौँ । कतिपय कुरा ठिक छैनन् । नयाँ परिस्थिति बन्नेबित्तिकै अब एकछिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि नहुँदै आकाश नै झर्छ ? पार्टीको केन्द्रीय समिति छ, संरचना छ । कसरी भयो, किन भयो ? त्यसको मूल्यांकन पनि गर्छौं । तर त्यसको लागि पनि नपर्खिने ?”