२०८२ पुस ०४ गते
काठमाडौँ । भारतीय कम्पनी फास्टवेलको एयरफिक्स् नेपाली बजारमा लन्च भएको छ । काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको उड एण्ड प्लाइउड एक्स्पोमा एयरफिक्स्को स्टल राखिएको छ । कम्पनीले नेपालमा डिलर राख्न चाहेकाले यहाँको बजार अध्ययन गर्न यो एक्स्पो उपयुक्त अवसर हुने जनाएको छ ।
फर्निचर तथा छाला र प्लास्टिकजन्य पदार्थमा टाँस्न प्रयोग हुने ग्लु एयरफिक्स् टिकाउ रहेको कम्पनीको दाबी छ ।जेल बेसिसमा आधारित यो ग्लुको भारतमा निकै माग रहेको छ । खोलेपछि ३० दिनभित्र प्रयोग गरिसक्नपर्ने यो ग्लुको टाँस्ने क्षमता निकै राम्रो रहेको छ । कम्पनीले नेपालमा वितरक र डिलरशीपको लागि तयारी गरेको जनाएको छ । अन्य ग्लुको तुलनामा यो ग्लुको मूल्य कम र परिमाण धेरै रहेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया