२०८२ असोज २५ गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आज बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित भएको छ ।
शुक्रबारको बैठकमा अबेरसम्म छलफलमा सहभागी भएकाले अस्वस्थ भएको सचिवालयले जनाएको छ । शुक्रबार एमाले सचिवालय बैठक ८ घण्टा बढी बसेको थियो । जहाँ अध्यक्ष ओलीले एमालेको भावी रणनीति र बैचारिक छलफलमा सहभागी भएका थिए ।
प्रतिक्रिया