२०८२ असोज ०९ गते
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नेकपा एमालेको पार्टी कार्यालय र नेता तथा कार्यकर्ताको घर रव्यवसायमा ठूलो क्षति पुगेको छ।पार्टी कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आन्दोलनको दौरान ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ भने १५८ भन्दा बढी एमाले नेता तथा कार्यकर्ताको निजी घर र व्यवसायमा तोडफोड र आगजनी भएको छ ।
एमाले पार्टी कार्यालय च्यासल कार्यकर्ता र कामदार लगाएर सरसफाई तथा रंगरोगन मर्मतसम्भार गरिएको छ भने अन्य कार्यालयमा पनि मर्मत सुरु भइसकेको छ। एमालेका अधिकांश नेताहरु यतिखेर आफन्तको घरमा बसिरहेका छन् भने कतिपय डेरामा स्थानान्तरण भएका छन् । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटको घर आगजनी पछि बस्न नमिल्ने भएपछि भक्तपुरको गुण्डुमा एक घर भाडामा लिएर बसेका छन् ।
प्रतिक्रिया