एमाले केन्द्रीय कमिटी बैठक शुरु : अध्यक्ष ओलीले सदस्यहरुले उठाएका प्रश्नका जवाफ दिँदै, आजै बैठक समापन हुने

२०८२ असोज ३१ गते

एमाले केन्द्रीय कमिटी बैठक शुरु : अध्यक्ष ओलीले सदस्यहरुले उठाएका प्रश्नका जवाफ दिँदै, आजै बैठक समापन हुने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को १०औँ केन्द्रीय कमिटी बैठक आज पनि ललितपुरको जावलाखेलमा जारी रहेको छ। बिहान ८ बजेदेखि शुरु भएको बैठकमा आज अध्यक्षले जवाफ दिने छन् । 

बैठकको पहिलो र दोस्रो दिन गरी कुल १९७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीद्वारा बुधबार प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमाथि धारणा र सुझाव प्रस्तुत गरेका थिए। 

Advertisement:

Ad
Ad

बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेटको समय दिइएको छ। आज बाँकी केन्द्रीय सदस्यहरूसँगै पदाधिकारीहरूले पनि आफ्नो धारणा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

पदाधिकारीहरूको धारणा सुनेपछि अध्यक्ष ओलीले प्रतिवेदनमाथि आएका सुझाव र जिज्ञासाहरूको समष्टिगत रूपमा जवाफ दिनेछन्। त्यसपछि बैठक समापन गरिने कार्यक्रम छ।