२०८२ असार १७ गते
काठमाडौँ । गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकलाई भेटेकी छिन् । सामाजिक सञ्जालमा आफूविरुद्ध अपशब्द लेख्नेहरु विरुद्ध छिटो कारबाहीको माग गर्दै उनी गृहमन्त्री भेट्न पुगेकी हुन् ।
सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै एलिनाले भनेकी छिन्, 'म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैं राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आच पुर्याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन।जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन् — ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्म(सम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो।'
उनले आफ्नो यस कदममा गृहमन्त्री लेखकले देखाएको चासो र हौसलाले हिम्मत बढेको बताएकी छिन् ।
प्रतिक्रिया