एक्लिँदै देउवा, गगनको पल्ला भारी

२०८२ पुस २५ गते

एक्लिँदै देउवा, गगनको पल्ला भारी

काठमाडौँ । नेपाली कांग्रेसमा दुई महिनादेखि चलिरहेको महाधिवेशनको विषय पेचिलो बदै गएको छ । विशेष महाधिवेशन चाहने पक्ष र नचाहने पक्षधरबीच चलिरहेको रस्साकस्सीको चेपुवामा सभापति शेरबहादुर देउवा परेका छन् । उनी बिस्तारै पार्टीमा एक्लिने क्रममा छन् ।

 

Advertisement:

Ad
Ad

नेपाली कांग्रेसको पुस २७ र २८ गते हुने दोस्रो विशेष महाधिवेशन रोक्न पार्टीभित्र पर्दा पछाडिको राजनीतिक चलखेल तीव्र बनिरहँदा एकाएक महामन्त्री गगन थापाको पल्ला भारी हुन थालेृको छ । जेनजी आन्दोलनपछि छेडिएको पुस्तान्तरणको बहस र गगन थापाले उठाएको विशेष महाधिवेशनको विषय सान्दर्भिक हुने भएसँगै विशेष महाधिवेशनको पक्षमा बिस्तारै देउवालाई छाडेर केन्द्रीय नेताहरु गगनको पक्षमा खुल्न थालेका छन् । 


शुक्रबार मात्रै नेता सुििनल शर्मा र चन्द्र भण्डारी गगनको पक्षमा देखिएका छन् । अन्य सभापति देउवा पक्षकै करिब ३० जना केन्द्रीय सदस्यहरू निर्वाचन अगाडि महाधिवेशनको पक्षमा खुलेर उभिँदै ‘विद्रोह’को तयारीमा पुगेका छन् । उनीहरूले निर्वाचनअघि नै महाधिवेशन अपरिहार्य रहेको निष्कर्षसहित संयुक्त अपील सार्वजनिक गरेका छन् ।

देउवा निकट मानिने केन्द्रीय सदस्यहरूले आज अलग्गै भेला गरी पार्टीभित्र देखिएको विवाद संवाद र सहमतिबाट समाधान गर्दै एकताबद्ध भएर निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्। 

महाधिवेशनको पक्षमा उभिने केन्द्रीय सदस्यहरूमा राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डा डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की र चीनकाजी श्रेष्ठलगायत रहेका छन् ।