छोरालाई बागी उम्मेदवार बनाएपछि कांग्रेसबाट निकालिए पूर्वमन्त्री दीपकुमार उपाध्याय

२०८२ फागुन ०६ गते

छोरालाई बागी उम्मेदवार बनाएपछि कांग्रेसबाट निकालिए पूर्वमन्त्री दीपकुमार उपाध्याय

रुपन्देही । पार्टीको आधिकारिक निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेसले पूर्वमन्त्री तथा पूर्वराजदूत दीपकुमार उपाध्यायका बाबु-छोरासहित १९ जनालाई पार्टीबाट निकालेको छ।

कपिलवस्तु- १ मा उनका छोरा आशिष शर्मालाई उम्मेदवार बनाएपछि उपाध्यायका बाबु(छोरासहित १९ जनालाई पाँच वर्षका लागि पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।

Advertisement:

Ad
Ad

तौलिहवामा बसेको जिल्ला कार्य समितिको बैठकले अनुशासन समितिको सिफारिसका आधारमा कारबाही गरेको हो। आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेको र समर्थन गरेको आरोपमा कारबाही गरिएको जनाइएको छ।

निर्णय अनुमोदनका लागि प्रदेश र केन्द्रीय अनुशासन समितिमा पठाइने भएको छ।

यस क्षेत्रमा कांग्रेसका उम्मेदवार अत्तहर कमाल मुसलमान, एमालेका विश्राम प्रसाद थारु, नेकपाका कृष्णबहादुर कुँवर र रास्वपाका मोहन आचार्य प्रतिस्पर्धामा छन्।

यी हुन् कारबाहीमा पर्ने १९ जना- 

१। आशिष शर्मा
२। दीप कुमार उपाध्याय
३। राजेशबहादुर सिंह
४। कमल टण्डन
५। विष्णुप्रसाद न्यौपाने
६। अब्दुल मन्नान खाँ
७। हरिराज घिमिरे
८। कमलराज आचार्य
९। दुर्गा केसी
१०। डोलकराम घिमिरे
११। विनोद घिमिरे
१२। विश्वम्भर कुर्मी
१३। शैलेन्द्रधर द्विवेदी
१४। अनिल पाण्डे
१५। सरजूप्रसाद चौधरी
१६। तिलकराम पाण्डे
१७। परमेश्वर पाठक ९सि।डी।ओ।०
१८। चतुर्भुजी मणि त्रिपाठी
१९। मिथिला शर्मा