किशोरीको डिम्ब तस्करी प्रकरण : होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने निर्णयविरुद्ध रिट

२०८२ मंसिर ०१ गते

किशोरीको डिम्ब तस्करी प्रकरण : होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने निर्णयविरुद्ध रिट

काठमाडौँ । डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ । 

कानुनका विद्यार्थी द्वय उपेन्द्र राउत र आयुष मिश्रले आज पेस गरेको रिट निवेदनमा उक्त विषयमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर माग गरिएको छ ।

Advertisement:

Ad
Ad

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने उनले बताए।

यसअघि, सर्वोच्च अदालतले डिम्ब निष्कासन तथा भण्डारणमा रोक्न सरकारका नाममा आदेश दिएको थियो ।होप फर्टिलिटी सेन्टरका सञ्चालकहरुमाथि किशोरीहरुलाई आर्थिक प्रलोभलनमा पारेर डिम्ब झिकी बेच्ने गरेको आरोप लाग्दै आएको छ । 

होप फर्टिलिटी सेन्टरका सञ्चालकहरुमाथि किशोरीहरुलाई आर्थिक प्रलोभलनमा पारेर डिम्ब झिकी बेच्ने गरेको आरोप लाग्दै आएको छ । यो प्रकरणमा महान्यायाधिवक्ता सबिता भण्डारीको समेत संलग्नता रहेको आरोप छ । भण्डारीकी छोरी अलिसा ओली उक्त सेन्टरको डाक्टर भएकी र महान्यायाधिवक्ता भण्डारीको समेत होप फर्टिलिटीमा लगानी रहेका कारण मुद्दा नचलाउने निर्णय गरेको भन्दै सर्वत्र निन्दा भइरहेको छ ।