अदालतबाट आदेश नहुँदासम्म धनुषा १को परिणाम सार्वजनिक नगर्न निर्देशन

२०८२ फागुन २४ गते

अदालतबाट आदेश नहुँदासम्म धनुषा १को परिणाम सार्वजनिक नगर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले अदालतबाट आदेश नहुँदासम्म धनुषा निर्वाचन क्षेत्र नम्बर १ को परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ ।

आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेजको रिटमा सोमबार पेसी तोकिएको छ ।

Advertisement:

Ad
Ad

“अदालतबाट आदेश नआउँदासम्म रोक्नु भन्ने निर्णय गरेका छौँ,” कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।