२०८२ असोज ११ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा दम्पत्तीको यस वर्षको दशैं अस्पतालमै हुने भएको छ । भदौ २४ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पतीको दशैं यसवर्ष अस्पतालमै बित्ने भएको हो ।
अहिले सभापति देउवा र उनको पत्नी आरजु देउवा राणा अस्पतालमै अपचाररत छन् । आन्दोलनकारीले बुढानीलकण्ठमा रहेको निवास आगजनी गरेर उनीहरुलाई घरबाट निकालेर कुटपिट समेत गरेका थिए । सो क्रममा देउवा र राणाको टाउको गर्धनमा गहिरो चोट लागेको थियो ।
सैनिक अस्पतालमा उपचारत दुवैलाई केही समय चिकित्सकको निगरानीमा बस्न पर्ने हुँदा डिस्चार्ज गरिएको छैन । सभापति देउवामाथि एकातिर नेतृत्व छाड्न पार्टीभित्रैेबाट चर्को दवाब परेको छ भने अर्कोतिर भ्रष्टाचार मुद्दामा सरकारले छानबीन अगाडि बढाउने भएको छ ।
प्रतिक्रिया