२०८२ असोज ०८ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा। आरजु राणा देउवा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणमा परेका उनीहरूको स्वास्थ्यमा सुधार आएपछि चिकित्सकको सिफारिसमा डिस्चार्ज गर्न लागिएको हो।
स्वकीय सचिव भानु देउवाका अनुसार उनीहरू अस्थायी रूपमा ललितपुरको सानेपा वा जावलाखेलमा बस्नेछन्। बूढानीलकण्ठस्थित घर क्षतिग्रस्त भएकाले पुनःनिर्माण नहुँदासम्म त्यहीँ बस्ने तयारी गरिएको हो।
सभापति देउवाको घाँटीमा धारिलो हतियारले प्रहार हुँदा आठ वटा टाँका लगाइएको थियो भने राणाको पनि घाँटीमा चोट लागेको थियो। अहिले दुबैको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएको छ।
प्रतिक्रिया