१९ करोड ८१ लाख बढीको क्रिप्टो कारोबारको आरोपमा काठमाडौंका भद्रकालीबाट २० वर्षीय युवा पक्राउ

२०८२ मंसिर १२ गते

१९ करोड ८१ लाख बढीको क्रिप्टो कारोबारको आरोपमा काठमाडौंका भद्रकालीबाट २० वर्षीय युवा पक्राउ

काठमाडौं । १९ करोड ८१ लाख भन्दा बढीको क्रिप्टो कारोबारी काठमाडौंबाट प्रकाउ परेका छन् । बुधबार काठमाडौं महानगरपालिका ११ को भद्रकालीस्थित केही मानिसले क्रिप्टो कारोबार गरिरहेको सूचना पाएपछि काठमाडौं प्रहरी परिसरबाट खटिएका प्रहरी टोलीले बारा कलैयाका मोहम्मद सेफलाई नियन्त्रणमा लिएको हो ।

 

Advertisement:

Ad
Ad

२० वर्षीय सेफ काल काठमाडौं महानगर १५ बस्थे भने उनी क्रिप्टो कारोबारी गर्दै आएका थिए ।परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार क्रिप्टोको कारोबार गर्न प्रयोग भएको २ थान मोबाइल र १९ करोड ८१ लाख ४९ हजार पाँच सय एकासी रुपैयाँ भन्दा बढी क्रिप्टो कारोबार देखिएको छ ।


उनलाई अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।