गर्मागर्मी भयो गगन पक्षधरको विशेष महाधिवेशनको माहोल, संस्थापन पक्षले आत्तिएर गर्यो पत्रकार सम्मेलन स्थगित

२०८२ पुस २५ गते

गर्मागर्मी भयो गगन पक्षधरको विशेष महाधिवेशनको माहोल, संस्थापन पक्षले आत्तिएर गर्यो पत्रकार सम्मेलन स्थगित

काठमाडौँ । नेपाली कांग्रेसमा यतिखेर विशेष महाधिवेशन पक्षधरले पार्टी पंक्ति गर्मागर्मी बनाएको छ ।गगन विश्वप्रकाश पक्षधर जसरी पनि विशेष महाधिवेशन गराउने अडानमा लागेपछि कांग्रेस दुई धारमा विभाजित हुने आशंका बढेको छ । संस्थापन पक्षले इतरपक्षलाई चुनौति दिन आज अपरान्ह  गर्न लागेको पत्रकार सम्मेलन स्थगित गर्न पुगेको छ । 


विधानअनुसार कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि यसको माहोल गर्मागर्मी भएको छ । त्यही महाधिवेशन रोक्न विधान विपरीत अगाडि बढिरहेको संस्थापनले विभिन्न श्रृंखला चलाइरहेका बेलामा कार्यवाहक सभापति खड्काले आजको पत्रकार सम्मेलन डाकेका थिए । 

Advertisement:

Ad
Ad

 

तर समयको माग विपरीत चलिरहेका खड्का पछाडि हट्न बाध्य भएका हुन् । स्रोतका अनुसार उनको पत्रकार सम्मेलनमा आउने वाचा गरेका डा शेखर कोइराला उपस्थित नहुने भएसँगै खड्काको पत्रकार सम्मेलन स्थगित भएको हो ।

 

यही पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन हुँदैछ । त्यसका लागि महाधिवेशन प्रतिनिधिहरु काठमाडौँ आइरहेका छन् ।