भृकुटीमण्डपमा गुन्जियो नारा, 'पुराना चाहिएन, जसरी पनि नयाँ नेतृत्व चयन गर्'

२०८२ पुस २९ गते

भृकुटीमण्डपमा गुन्जियो नारा, 'पुराना चाहिएन, जसरी पनि नयाँ नेतृत्व चयन गर्'

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गरेका छन् । हलभित्र बन्द  सत्र चलिरहँदा बाहिर केन्द्रीय कार्यसमिति भंग गर नयाँ नेतृत्व हरहालतमा चयन गर लगायतका नारा लगाउँदै प्रतिनिधिहरूले नेताहरुलाई दबाव सृजना गरेका छन् । 

 

Advertisement:

Ad
Ad

सहमतिको प्रयासस्वरूप संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच बिहान वार्ता भएको थियो । उक्त वार्ता विना निष्कर्ष टुंगिएको थियो ।