बालेन सरकारको निगरानी गर्न कांग्रेसले बनायो छाया सरकार,कसलाई के जिम्मेवारी?

२०८३ जेठ १९ गते

बालेन सरकारको निगरानी गर्न कांग्रेसले बनायो छाया सरकार,कसलाई के जिम्मेवारी?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन शाह नेतृत्वको  सरकारका कामकारबाहीको निगरानी तथा संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न छाया सरकार गठन गरेको छ।

कांग्रेस संसदीय दलले हरेक मन्त्रालय हेर्ने गरी सांसदहरूलाई जिम्मेवारी तोकेको हो। कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले सरकारका गतिविधिको सूक्ष्म निगरानी गर्न र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाया सरकार गठन गरिएको जानकारी दिइन् । 

Advertisement:

Ad
Ad


गठित छाया सरकारको प्रमुखमा भिष्मराज आङ्दम्बे रहेका छन्। गृहमा प्रकाशसिंह कार्की, अर्थमा नरेन्द्रकुमार केरुङ, परराष्ट्रमा सुनिलबहादुर थापा तथा पूर्वाधार विकासमा फिरदोश आलमलाई जिम्मेवारी दिइएको छ।

कांग्रेसले यसअघि पनि विभिन्न समयमा छाया सरकारको अभ्यास गर्दै आएको थियो।

यस्तो छ छाया सरकारको सूची-

 प्रमुख स्भिष्मराज आङ्दम्बे

गृह: प्रकाशसिंह कार्की 

अर्थ: नरेन्द्रकुमार केरुङ

परराष्ट्र: सुनिलबहादुर थापा

पूर्वाधार विकास: डा. फिरदोश आलम

स्वास्थ्य तथा खाद्य स्वच्छता: डा. चन्द्रमोहन यादव 

उद्योग वाणिज्य तथा आपूर्ति: विष्णुबहादुर खड्का 

कृषि वन तथा पर्यावरण: प्रमिलाकुमारी गच्छदार

कानुन न्याय तथा संसदीय: खम्मबहादुर खाती

रक्षा: खड्ग शाही

सूचना तथा सञ्चार: मनमाया विश्वकर्मा

युवा, श्रम तथा रोजगार: गीता गुरुङ

विज्ञान प्रविधि तथा नवप्रवर्तन: संदीप राना 

ऊर्जा जलस्रोत तथा सिँचाइ : सन्तोष सुब्बा

महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा: डा. गंगालक्ष्मी अवाल

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन: जनकराज गिरी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन:योगेश गौचन