२०८२ मंसिर १४ गते
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबार जननिर्वाचित प्रतिनिधि बस्ने थलो भएको बताएका छन् । आज महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै ओलीले अहिलेको स्रकार जनताबाट निर्वाचित नभएको र बुख्याँचा जस्तो भएको टीप्पणी गरेका छन् ।
ओलीले सम्बोधनका क्रममा भने, "अहिलेकोे अनिश्चयको स्थिती, गन्तब्य नभएको स्थितीले देशलाई कुनै गती दिन सक्दैन ।सिंहदरबार त जनताले मत दिएर निर्वाचित प्रतिनिधि पुग्ने थलो हो, नकि थपक्क बारीमा लगेर राखिदिएको जस्तो बुख्याँचा,बुख्याँचा साग बारीमा सुहाउँछ सिंहदरबारमा होइन ।"
ओलीले एमालेलाई मन नपराउनेहरुले संविधान र लोकतन्त्रनै मास्न उद्दत रहेको बताए । उनले एमालेको महाधिवेशनमा असाधारण जनउपस्थिती हुने भन्दै महाधिवेशन राष्ट्रिय अनुष्ठान हुने दाबी गरे ।
प्रतिक्रिया