विप्लव र मिराज ढुंगाना समूहबीच कार्यगत एकता गर्ने ४ बुँदे सहमति

२०८२ माघ ०१ गते

विप्लव र मिराज ढुंगाना समूहबीच कार्यगत एकता गर्ने ४ बुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) को नेकपा ९माओवादी० र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच कार्यगत एकता गर्ने ४ बुँदे सहमति भएको छ ।

बिहीबार विप्लव र ढुंगानाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

Advertisement:

Ad
Ad


४ बुँदे सहमतिः

सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने

जेनजी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने

आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन र स्थिर सरकार गठन गर्ने

भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने