२०८२ पुस ०३ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यार्थीको कपाल जथाभावी मुण्डन नगर्न निर्देशन दिएको छ। केही विद्यालयमा कपालको कारण जबरजस्ती मुण्डन गर्दा विद्यार्थीमा मानसिक असर परेको गुनासो आएपछि महानगरले यस्तो कदम चालेको हो।
महानगरका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,कपाल लामो पालेको भन्दै मनलाग्दी शिक्षकहरुले विद्यार्थीहरुको कपाल काट्दा विद्यार्थीहरुमा मानसिक यातना भएको भन्दै गुनासो बढेपछि शिक्षा नियमावलीअनुसार विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नदिन सूचित गर्दछौँ । महानगरले आचारसंहिता पालना गर्न आग्रह गरेको छ। अब काठमाडौँका विद्यालयमा विद्यार्थीलाई मानसिक यातना हुने गरी कपाल मुण्डन गर्न रोक लगाइने भएको हो।
प्रतिक्रिया