२०८२ कात्तिक २० गते
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन साहले लेखेको स्ट्याटस विरुद्ध एमाले निकट युवा संघ उजुरी लिएर प्रहरीमा पुगेको छ । युवा संघ नेता क्षितिज थेबे लगायतका नेताहरु प्रहरीमा पगेका हुन् । उनीहरुले बालेनको उक्त अश्लिल स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै विद्युतीय अपराध अन्तर्गत कारबाही गर्न माग गरेको छ ।
बालेनले केही दिन अघि मध्यरातमा अपाच्य शब्द प्रयोग गर्दै नेपालका प्रमुख राजनीतिक दल तथा विदेशी शक्ति राष्ट्रहरुका नाममा गालीगलौजयुक्त स्टाटस लेखेका थिए । स्ट्याटसले खैलाबैला मच्चिएपछि उनले केहीबेरमा स्टाटस हटाएका थिए ।
प्रतिक्रिया