हिजो प्रचण्ड आज आरजु पुगिन् भारत, के पाक्दैछ खिचडी ?

२०८२ पुस २१ गते

हिजो प्रचण्ड आज आरजु पुगिन् भारत, के पाक्दैछ खिचडी ?

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी कांग्रेस नेतृ आरजु देउवा राणाले भारततर्फ उँडान गरेकी छन् ।

 

Advertisement:

Ad
Ad

नेपाल एयरलाइन्सको आरए–२१७ को उडानबाट उनी सोमबार नयाँ दिल्ली उडेकी हुन् । उनको भ्रमणको उद्देश्यका विषयमा खुलाइएको छैन । यद्यपि आसन्न चुनावका लागि सल्लाह तथा रणनीति तय गर्न उनी त्यसतर्फ लागेको अनुमान गरिएको छ । यसअघि आइतबार मात्रै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल दिल्ली पुगिसकेका छन् ।यस अघि कैयौँ पटक सत्ता फेरबदल र नयाँ समिकरण निर्माणका क्रममा यीनै नेताहरु भारतमा गुपचुप भेटघाट गर्ने तथ्यहरु फेला परेका थिए ।

 

प्रचण्डको भारत भ्रमण भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटघाटका लागि भएको भनिएको छ ।त्यसलगत्तै आज आरजु भारत जानुले राजनीतिमा थप नयाँ अड्कलबाजी सृजना गरेको छ ।