आज आम निर्वाचन :विद्रोहबाट व्यवस्थातर्फको यात्रा

२०८२ फागुन २१ गते

आज आम निर्वाचन :विद्रोहबाट व्यवस्थातर्फको यात्रा

काठमाडौँ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो ।

Advertisement:

Ad
Ad

आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ ९प्रत्यक्ष०तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

आजको यो निर्वाचन जेनजी आन्दोलपछि विशेष अवस्थामा हुन लागेको हो । यो निर्वाचनले बिद्रोहपछि शासकीय स्थिरता ल्याउने अनुमान गरिएको छ ।