प्रचण्डको घोषणा : नेतृत्व हस्तान्तरणको तयारीमा छु

२०८२ असोज ०९ गते

प्रचण्डको घोषणा : नेतृत्व हस्तान्तरणको तयारीमा छु

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैं पार्टी नेतृत्वमा रहन इच्छुक नभएको स्पष्ट पारेका छन्। बैठकमा बोल्दै उनले जेनजी आन्दोलनको भावना अनुसार निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको बताएका हुन्।

बैठकलाई सम्बोधन गर्ने क्रममा उनले भने, 'म बल गरेर नेतृत्वमा आएको होइन, अहिले पनि हुनैपर्छ भन्ने छैन।' दाहालले संकटपूर्ण परिस्थितिमा पार्टीलाई छाड्ने मनसाय नरहेको प्रस्ट्याउँदै नेतृत्व परिवर्तन वैज्ञानिक र जिम्मेवार ढंगले हुनुपर्नेमा जोड दिए।

Advertisement:

Ad
Ad

माओवादी केन्द्रको केन्द्रीय समितिको सातौं पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ । बैठकमा अध्यक्ष प्रचण्ड राजनितिक एंव संगठनात्मक प्रस्ताव राखेका छन् ।