पार्टीबाट 'रिटायर्ड' भएर बस्न सक्दिन, त्यो इतिहाँसको आवश्यकताले पनि दिँदैन ः प्रचण्ड

२०८२ असोज २४ गते

पार्टीबाट 'रिटायर्ड' भएर बस्न सक्दिन, त्यो इतिहाँसको आवश्यकताले पनि दिँदैन ः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पार्टी र राजनीतिबाट टाढा भएर बस्न नसक्ने बताएका छन् । माओवादी केन्द्रले शुक्रबार सम्पादकहरुसँगको भेटघाट कार्यक्रममा जेनजी आन्दोलनपछि विकसित परिस्थितिलाई बुझेर अध्यक्षबाट आफूले राजीनामा दिएर महाधिवेशन संयोजकका रुपमा मात्र रहेको तर पार्टीबाट सन्यासै लिएर रिटायर्ड भएर भने बस्न नसक्ने प्रष्टिकरण दिएका हुन् । 

 

Advertisement:

Ad
Ad

उनले भने, जेनजी आन्दोलनपछि हामी राजनीतिक दलका नेतृत्वलाई सँच्चिन दबाव भिएकै हो, मलाई सधैंभरी पार्टीकै अध्यक्ष भएर बस्नै पर्छ भन्ने पनि छैन तर पार्टीबाट रिटायर्ड भएर भने बस्न सक्दिन त्यो न त मेरो स्वभावले दिन्छ न त ईतिहाँसको आवश्यकताले नै । 

 

उनले देश बाहिरी शक्तिको हस्तक्षेपबाट मुक्त गर्न र अस्थिरताबाट जोगाउन पनि राष्ट्रिय एकताका साथ अघि बढ्न आवश्यक रहेको जिकिर गरे ।