२०८२ मंसिर १३ गते
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा अपराजित सुदूरपश्चिम र गत सिजनका विजेता जनकपुर बोल्ट्स भिड्नेछन्।
पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः१५ बजे सुरु हुनेछ। दोस्रो खेल सुदूरपश्चिम र जनकपुरबिच दिउँसो ३ः३० बजे हुनेछ।
चार खेलबा सबैमा विजय हासिल गर्दै उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम तालिकाको शीर्षस्थानमा रहेको छ भने गत सिजनको विजेता जनकपुर बोल्ट्सले तीन खेल सकिँदासम्म पनि खाता खोल्न सकेको छैन ।
तीन खेल खेलेको पोखरा एभेन्जर्सले एक जितसहित तालिकाको छैटौँ स्थान ओगटेको छ। चार खेल खेलेको लुम्बिनी लायन्स एक जितसहित सातौँ स्थानमा छ।
प्रतिक्रिया