२०८२ असोज २३ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई कार्यवाहक तोकी बाहिर राखेर, म्याद नथपिकन नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
सानेपामा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा उनले यो प्रस्ताव एजेन्डाका रूपमा प्रस्तुत गरेका हुन्। देउवा नेतृत्वको कार्यसमितिको म्याद मङ्सिरमा सकिँदैछ। बैठकमा सहभागी एक पदाधिकारीका अनुसार थापाले सभापति देउवालाई सक्रिय भूमिकाबाट हटाएर महाधिवेशनमा जानुपर्ने धारणा राखेका छन्।
बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते देउवा आफ्नै निवासमा कुटपिटमा परेका थिए र अझै निको भइनसकेकाले बैठकमा अनुपस्थित छन्। बैठकले असोज २६ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्नेछ।
प्रतिक्रिया