२०८२ भदौ ०६ गते
काठमाडौँ । चीनको नम्वर एक ईभी कम्पनीको रुपमा रहेको फोटोनले नाडा अटो शोमा माउन्टेन ईभी लन्च गरेको छ । १४ सिट क्षमताको यो माइक्रो भ्यानमा ५३ दशमलव ५८ किलोवाटको क्याटलको ब्याट्री लाग्छ भने १३० किलोवाटको मोटर पावर रहेको छ । त्यस्तै गाडीमा ३३० एनएमको टर्क रहेको छ । यस हिसावले गाडीकोे तान्ने शक्ति भरपुर रहेको एएडब्लु वृद्धि कमर्शियल भेहिकलका सेल्स अफिसर दीपेन्द्र क्षेत्री बताउँछन् ।
फोटोनको यो गाडीमा १८० एनएमको ग्रााउण्ड क्लियरेन्स रहेको छ । फुल एसी र फुल फोल्डिङ रहेको यो गाडी नाडा स्पेशल अफरका रुपमा राखिएको छ ।अटो शो भरीमा गाडी बुकिङ गर्दा साँढे पाँच लाख क्यास डिस्काउन्टको अफर राखिएको कम्पनीले जनाएको छ । गाडी खरिदमा हात खाली नजाने ५५ इन्चको स्मार्ट टीभी र प्रत्येक बुकिङसँगै स्योर शट २० हजारसम्मको उपहार खरिदकर्ताले पाउन सक्नेछन् । फोटोनको यो माउन्टेन ईभीमा १ वर्षको अटो प्लस इन्स्योरेन्स रहेको छ भने पाँचवटा फ्रि सर्भिसिङको साथमा अगाडिको एक जोडी डिस्क प्याड पनि दिएको छ ।यो गाडीको मूल्य ५९ लाख ४९ हजार रहेकामा नाडा विशेष अफरका रुपमा साँढे ५ लाख छुट गरेर ५३ लाख ९९ हजार कायम गरेको छ ।

साथै कम्पनीले ड्राइभरको साथमा ड्राइभरको परिवारको पनि स्वास्थ्य बीमा गर्नुका साथै फाइनान्स सुविधा पनि राखेको छ । नाडामा आकर्षणको रुपमा रहेको फोटोनको यो माइक्रोमा अवलोकनकर्ताहरुले विशेष चासोका साथ बुकिङ गरिरहेका छन् । कम्पनीले यो गाडी हालसम्म २ हजार भन्दा बढी बिक्री गरिसकेको छ । नाडाको दौरान प्रत्येक दिन २५ देखि ३० वटा यो गाडी बुकिङ भैरहेको सेल्स अफिसर क्षेत्री बताउँछन् । क्षेत्रीका अनुसार गाडीको बिक्री पछिको सेवा राम्रो रहेको र ग्राहकको गुनासो नरहेको दाबी गर्छन् ।सर्भिसिङ सेवा प्रदान गर्न प्रत्येक प्रदेशका मूख्य शहरहरुमा अथराइज्ड सर्भिस सेन्टरहरु खोलिसकेको कम्पनीले जनाएको छ ।
विश्व प्रसिद्ध ब्राण्ड फोटोनको गाडी विश्वको १ सय ३० देशमा गुडिरहेका छन् भने विगत ३ वर्षयता नेपालका प्रमुख शहरका सडकमा कुदिरहेका छन् ।
प्रतिक्रिया