नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

२०८२ मंसिर ०८ गते

नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । आज बसेको  मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।


उमेर हदका कारण मुख्य सचिव एकनारायण अर्याल बुधबार सेवा निवृत्त हुँदै छन् ।वरीयताका आधारमा अर्याल मुख्य सचिवका प्रमुख दाबेदार थिए । २०७७ माघ १९ मा सचिवमा बढुवा भएका अर्याल तथ्यांक सेवाबाट निजामतीमा प्रवेश भएका थिए ।

Advertisement:

Ad
Ad