२०८२ मंसिर २३ गते
काठमाडौं । नेकपा (एमाले) को आसन्न ११औं राष्ट्रिय महाधिवेशनको सँघारमा पार्टीभित्रको आन्तरिक अवस्था र नेतृत्वको कार्यशैलीलाई लिएर महिला नेताहरूले गम्भीर प्रश्न उठाएका छन्।
महाधिवेशनको तयारीको सन्दर्भ(जस्तै:भदौ २३र२४ गतेको घटना) मा जवाफदेही नबनेको र पार्टीलाई विधि-विधान मिचेर गुट का रूपमा सञ्चालन गरिरहेको आरोप लगाएकी छन्।
उनले गौरवपूर्ण इतिहास बोकेको एमालेलाई कमजोर नबनाउन नेतृत्वले समयअनुसार स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्नुपर्नेमा जोड दिइन्। यसैगरी, महाधिवेशनमा महिलाहरूको सशक्त उपस्थिति र सम्मानको मुद्दा प्रमुख एजेन्डाका रूपमा उठेको छ। महिला नेताहरूले पार्टीका पदाधिकारी तहमा ३३५ महिला सहभागिता सुनिश्चित गर्नुपर्ने माग राख्दै आएका छन्। साथै, राजनीतिभित्र महिलामाथि हुने हिंसा र अपमानको अन्त्य गरी पार्टीलाई 'महिला हिंसा मुक्त' बनाउनुपर्ने विषयलाई पनि महत्त्वपूर्ण रूपमा उठाइएको छ।
पूर्व राष्ट्रपति विद्या भण्डारी लगायत महिलाहरूलाई अपमान गरिएको घटनाको विरोध गर्दै उनले महिलालाई सम्मानित नागरिकको रूपमा हेर्न र सम्मान गर्न सिक्नुपर्ने आवश्यकता औँल्याएकी छन्।
प्रतिक्रिया