होटल क्षेत्रमा सेवा शुल्क लागू गर्ने गरी कानुन बनाउने सरकारको निर्णयको यूनिट्राभले गर्यो स्वागत

२०८२ जेठ १५ गते

होटल क्षेत्रमा सेवा शुल्क लागू गर्ने गरी कानुन बनाउने सरकारको निर्णयको यूनिट्राभले गर्यो स्वागत

काठमाडौँ । नेपाल ट्रेकिङ,ट्राभल्स्,राफ्टिङ एअरलाइन्स् मजदुर संघ यूनिट्राभले सरकारले ल्याएको बजेटको स्वागत गरेको छ  । बजेटमार्फत सरकारले होटल रेष्टुरेन्ट तथा टे्किङ ट्राभल्स् क्षेत्रलाई समेट्ने गरी सो क्षेत्रमा शेवा शुल्क लागू गर्ने गरी कानुन बनाउने गरेको निर्णयको यूनिट्राभले स्वागत गरेको हो । 

 

Advertisement:

Ad
Ad

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३को बजेटमा मजदुरहरुले सुविधा वापत पाई कटौति भएको १० प्रतिशत शेवा शुल्कको सम्वन्धमा कानुन बनाउने कुराले आशा सृजना गरेको यूनिट्राभका अध्यक्ष सुमन पराजुलीले बताएका छन् । 'बजेटले श्रमिकमा आशा सञ्चार गरेको छ, सेवा पुर्याए पापत होटलबाट खाई पाई आएको सुविधा खोसिएर निराश बनेका युवा कति पलायन भैसकेका छन्, कति पलायन हुने क्रममा छन् बजेटले आशा जागृत गरेको छ ,पलायन हुने क्रम रोकिने छ भन्नेमा हामी आश्वस्त छौं,अब बजेट भाषणमा आएको सेवा शुल्क सम्वन्धी कानुन बनाएर चाँडो भन्दा चाँडो लागू होस् । ताकि सेवा शुल्क पुर्ण रुपमा कार्यान्वयनको लागि सम्वन्धित प्रतिष्ठान, संघ, महासंघ र रोजगारदाता बाध्य होस्,' पराजुलीले भने ।

 

त्यसो त यूनिट्राभले उठाएको श्रमिकको मुद्दामा केन्द्रित भएर १० प्रतिशत सेवा शुल्क लागू गराउनका लागि जीफन्टले लगातार सरकारका विभिन्न निकायदेखि अन्तर्राष्ट्रिय श्रमिक संगठन आईएलओ महासभासम्म विषय उठान गर्दै आइरहेको छ । जीफन्टको यो तदारुकता र सकृयताको लागि पनि यूनिट्राभले धन्यवाद प्रकट गरेको छ ।