लेमिनार भिट्रिफाइड टायल्स अब वीरगन्जमा पनि

२०८२ असार १६ गते

लेमिनार भिट्रिफाइड टायल्स अब वीरगन्जमा पनि

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स ब्रान्ड, लेमिनार भिट्रिफाइड टायल्सले वीरगन्जमा आफ्नो विशेष डिलर सोरुम सञ्चालनमा ल्याएको छ। वीरगन्जको लिन्करोडस्थित ‘इशा बिल्ड मार्ट’लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार भिट्रिफाइड टायल्सले नयाँ सोरुम उद्घाटन गरेको हो। 


शनिबार आयोजित औपचारिक समारोहमा वीरगन्ज महानगरपालिकाका सम्माननिय मेयर राजेश मान सिंह र लेमिनार टायल्सका निर्देशकद्वय अभिनव चुरिवाल र आशुतोश खेतानले संयुक्त रूपमा “एम्पोरियो”श्रेणी अन्तर्गतको डिलर शोरूमको उद्घाटन गरेका थिए। 

Advertisement:

Ad
Ad


उद्घाटन समारोहमा सम्बोधन गर्दै लेमिनार भिट्रिफाइड टायल्सका निर्देशक आशुतोष खेतानले इशा बिल्ड मार्ट सोरूममा घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध भएको र निर्माणसम्बन्धी सबै समस्याको समाधान हुने बताए। 

निर्देशक अभिनव चुरिवालले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बेयरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्स भन्दा बढि रहेको र देशभर १०० भन्दा बढी यस्ता विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए।

बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक युरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ। कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ। 

यी टायल्सहरू पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन्।