दोहोरो अङ्कको वृद्धिसंगै नेप्से परिसुचक २७ सय बिन्दु नजिक, कारोबार रकम ९ अर्बभन्दा बढी
साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक निरन्तर वृद्धि हुँदै करीब २७ सय बिन्दु नजिक पुगेको छ । मंगलबार २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको नेप्से यसदिन ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुगेर रोकिएको हो । नेप्सेको वृद्धिसँगै आज रकममा पनि वृद्धि भएको छ । आज एकै दिनमा साढे ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
२०८२ असार १८ गते