यी हुन् नेपाल र कतारबीच भएको ८ सम्झौता-

२०८१ वैशाख १२ गते

यी हुन् नेपाल र कतारबीच भएको ८ सम्झौता-

काठमाडौँ। कतारी राजा शेख तामिम बिन हमाद अल थानीको दुई दिने नेपालको राजकीय भ्रमणका दौरान ८ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधवार काठमाडौंस्थित द्वारिकाज होटेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच भएको भेटवार्तापछि ८ वटा विभिन्न क्षेत्रमा सहयोग आदानप्रदान गर्ने समझदारी भएको हो ।

यस्ता छन् आठ सम्झौता –

Advertisement:

Ad
Ad

सांस्कृतिक र कला क्षेत्रमा सहयोगका लागि सम्झौताः यो सम्झौता नेपालको सांस्कृतिक, पर्यटन र नागरिक उड्डयन मन्त्रालय र कतारको सांस्कृतिक मन्त्रालयबीच भएको छ । यसको माध्यमबाट दुवै देशबीच सांस्कृतिक र कला क्षेत्रमा एक अर्थपूर्ण सहयोग आदानप्रदान गर्नेछन् ।

समाचार तथा तथ्यांक विनिमयको सम्झौताः यो सम्झौता राष्ट्रिय समाचार संस्था नेपाल ९आरएसएस० र कतार समाचार संगठन ९क्यूएनए० बीच भएको छ । यस सम्झौताअनुसार दुवै देशबीच समाचार तथा तथ्यांक आदानप्रदान गर्ने लक्ष्य रहेको छ ।

शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि सम्झौताः यो सम्झौता नेपाल सरकार र कतार राज्यको बीचमा भएको छ । यसले दुवै देशबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोग आदानप्रदान गरिने छ ।

खेलकुदको क्षेत्रमा सहयोगका लागि सम्झौताः यो सम्झौता नेपाल सरकार र कतार राज्यको बीचमा भएको छ । यसले दुवै देशबीच युवा र खेलकुदको क्षेत्रमा सहयोग आदान–प्रदान गर्ने लक्ष्य राखेको छ ।

महान्यायाधिवक्ता कार्यालय र कतारको पब्लिक प्रोसिक्युसनबीच सहयोगका लागि सम्झौताः यो सम्झौता नेपालको महान्यायाधिवक्ता कार्यालय र कतारको पब्लिक प्रोसिक्युसन भएको छ । यसले दुवै देशबीच ’अभियोजन’ विषयक सहयोग आदानप्रदान गर्ने लक्ष्य राखेको छ ।

कूटनीतिक तालिम र शिक्षाका क्षेत्रमा सहयोगका लागि सम्झौताः यो सम्झौता नेपाल सरकारको इन्स्टिच्युसन अफ फरेन अफेयर्स ९आईएफए० र कतार राज्यको विदेश मन्त्रालयको डिप्लोम्याटिक इन्स्टिच्युसनबीच भएको छ । यसले दुवै देशका बीच कूटनीतिक तालिम र शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदान गर्ने लक्ष्य राखेको छ ।

संयुक्त व्यापार परिषद् स्थापना गर्ने सम्झौताः यो सम्झौता कतार च्याम्बर र नेपाली उद्योग तथा वाणिज्य महासंघ ९एफएनसीसीआई० बीच भएको छ । यसले दुवै देशबीच संयुक्त व्यापार परिषदको स्थापना गर्ने लक्ष्य राखेको छ ।

सम्झौता पुनर्नवीकरणस् यो सम्झौता कतार च्याम्बर र नेपाली उद्योग तथा वाणिज्य महासंघ ९एफएनसीसीआई० बीच भएको छ । यसले पुरानो सम्झौता नवीकरण गर्ने लक्ष्य राखेको छ ।

मंगलवार अपरान्ह ४ बजे नेपाल आएका कतारका अमिर बुधवार दिउँसो २ः३० बजे दोहा स्वदेश फर्किएका छन् । उनको दुई दिने नेपाल भ्रमणलाई नेपालमा निकै चासोका साथ हेरिएको छ ।