यौन हिंसामा परेकी युवतीको गोपनियता सार्वजनिक गर्ने गाउँपालिका अध्यक्ष पक्राउ

२०८२ जेठ ०६ गते

यौन हिंसामा परेकी युवतीको गोपनियता सार्वजनिक गर्ने गाउँपालिका अध्यक्ष पक्राउ

रुपन्देही। विद्युतीय अपराध ९साइबर क्राइम० मुद्दामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी बुटवलबाट पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले  चौधरी बुटवल प्रहरीको कमाण्डमा पक्राउ परेको जानकारी दिए।

Advertisement:

Ad
Ad

 चौधरीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि केही दिनयता सम्पर्कविहीन भएका थिए। बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा पालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । विद्युतीय अपराध ९साइबर क्राइम० मुद्दामा  रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । यो मुद्दा बुटवल प्रहरीले पहिलेबाट हेरेको थियो । उनी लोसपाबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

रुपन्देही जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको हो । चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो ।