२०८३ जेठ १५ गते
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदको दुबै सदनमा अपरान्ह ४ बजे बजेट पेश गर्दैछन् । यो बजेट स्वर्णिम अर्थमन्त्री भएपछिको पहिलो बजेट हो । संयोगबस आजै वाग्लेको जन्मदिन पनि हो ।
अंग्रेजी तारिखमा आज जन्मदिन परेपनि नेपाल मितिमा भने भोली १६ गते हो । वाग्ले १९७४ मे २९ मा गोरखाको बुङकोटमा जन्मिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछिको पहिलो बजेटमा आम अपेक्षा उच्च छ ।
प्रतिक्रिया