२०८१ चैत २३ गते
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले व्यावसाय फस्टाए मात्र राज्य फस्टाउने बताएका छन् ।शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समुद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले वस्तुभन्दा जनशक्ति निर्यात राज्यलाई स्वीकार्य नभएको र त्यो रोक्नका लागि उद्योग, व्यवसाय बढाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘व्यवसाय धरापमा पर्नु भनेको राज्य धरापमा पर्नु हो । जब व्यावसाय फस्टाउँछ तब मात्र राज्य फस्टाउने हो । राज्य र व्यवसायबीचको बुझाइ सत्तामा हुँदा एउटा र सत्ता बहिर जाँदा फरक हुने गरेको देखिन्छ । वस्तु भन्दा जनशक्ति निर्यात राज्यलाई स्विकार्य छ । त्यो रोक्नका लागि उद्योग जोगाउनुपर्छ, व्यवसाय बढाउनुपर्छ ।’
साथै उनले जब नेपालको उद्योग र व्यवसाय फस्टाउँछ तब देशको अर्थतन्त्र समृद्ध हुने बताए । उनले उद्योग भएन, व्यवसाय भएन भने रोजगारी कहाँबाट सिर्जना हुन्छ भन्दै प्रश्न गरे ।उनले भने, ‘जब नेपालको उद्योग र व्यवसाय फस्टाउँछ तब देशको अर्थतन्त्र समृद्ध हुन्छ । अर्थतन्त्रका शंङ्कुचन आएको छ । यसो भनिरहँदा उद्योगीसँग मिलेको दलाल मन्त्री भनेर पनि भन्न भ्याउँछन् । उद्योग भएन, व्यवसाय भएन भने रोजगारी कहाँबाट सिर्जना हुन्छ ? यहाँको व्यवसायले जब मुनाफा कमाउँछ । त्यसपछि पो रोजगारी सिर्जना हुने हो । ’
प्रतिक्रिया