वैदेशिक रोजगारमा जानेले ५ लाखसम्म बिनाधितो कर्जा पाउने

२०८२ असार २९ गते

वैदेशिक रोजगारमा जानेले ५ लाखसम्म बिनाधितो कर्जा पाउने

काठमाडौ । वैदेशिक रोजगारमा जानेहरुलाई सहजीकरण गर्ने नीति नेपाल  राष्ट्र बैंकले लिएको छ । केन्द्रिय बैंकले मौद्रिक नीतिमार्फत वैदेशिक रोजगारीमा जाने युवाहरूलाई धितो लिई वा नलिई प्रवाह भएको ३ लाखसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्न सकिने व्यवस्था गरेको छ ।

यो सँगै  वैदेशिक रोजगारमा जानेहरुका लागि धितो नखोजिने भएको हो । तर महिलाको हकमा यस्तो सिमा भने बढी छ ।  महिलाको हकमा बिना धितो कर्जा बढीमा  ५ लाख सम्म प्रदान गरिने व्यवस्था केन्द्रिय बैंकले गरेको छ । बैंकहरुले श्रम मन्त्रालयको समन्वयमा यो व्यवस्था कार्यान्वयन हुनेछ ।

Advertisement:

Ad
Ad

विशेषगरी आर्थिक आर्जनका लागि विदेशिने युवाले आफ्ना आफन्त र छरछिमेकबाट चर्को ब्याजमा ऋण लिने गरेका थिए । जसका कारण आफ्नो अधिकांश कमाई सावा ब्याज भुक्तानीमै जाने गरेको थियो ।  अब भने सहुलियत ब्याजदरमा पाइने यस्तो ऋणले उनीहरुमा सहजता थप्ने केन्द्रिय बैंकको विश्वास छ ।