२०८३ जेठ २१ गते
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएकाहरुलाई टेलिभिजनमा केही राहत दिने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले गरेको व्यवस्थालाई राजपत्रमा प्रकाशित गरेर यात्रुले आफ्नो साथमा ल्याउने र लैजाने वस्तु सम्बन्धी जानकारी गराएको छ ।
अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै अब वैदेशिक रोजगारीबाट फर्कने नेपालीले ६५ इन्चसम्मको टेलिभिजन बिना भन्सार (महसुल छुटमा) ल्याउन पाउने व्यवस्था गरेको हो। यसका लागि कम्तिमा एक वर्ष वैदेशिक रोजगारीमा काम गरेर फर्किएका नेपालीले मात्रै यो सुविधा पाउने छन ।
यस अघि २०८२ को बजेटपछि भने सामिजक सुरक्षा कोषमा सूचीकृतलाई जुनसुकै जुनसुकै आकार भनिएपनि सूचीकृत नहुनेको हकमा भने ३२ इन्चको टिभि मात्रै भन्सार छुटमा ल्याउन पाइने व्यवस्था थियो ।
प्रतिक्रिया