२०८० पुस २४ गते
काठमाडौँ । विद्युत प्राधिकरणले लाइन काटेका उद्योगहरुलाई ट्रंक र डेडिकेटेड लाइनको बक्यौता बुझाउन ३० दिन भित्र आवेदन दिन निर्देशन दिएको छ । प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिन भन्दै किस्ताबन्दी सुविधा दिएको जनाएको छ । यही पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो ।
निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिनेछ ।
प्राधिकरणले बक्यौता नतिर्ने ६१ वटा उद्योगमध्ये पुस ६ यता २४ वटा उद्योगको लाइन काटिसकेको छ। त्यसमध्ये बक्यौताको किस्ता तिरेपछि हिमाल आइरनको भने लाइन जोडिएको छ। ६१ वटा उद्योगले प्राधिकरणलाई २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ।
प्रतिक्रिया