तीन दिन मनकामना केबलकार बन्द हुने

२०८१ असोज २९ गते

तीन दिन मनकामना केबलकार बन्द हुने

काठमाडौं । तीन दिनका लागि मनकामना केबलकारको सेवा संचालनमा रोक लगाइने भएको छ । यही असोज २९ गतेदेखि तीन दिनसम्म सेवा संचालनमा रोक लगाइने भएको हो।

यस अघि पनि नवमी, दशमी र एकादशीको सेवा रोकिएको थियो भने त्यति बेला आवतजावत गर्ने नागरिकहरुको संख्या कम हुने र दशैका कारण कर्मचारीहरु समेत पर्व बिदामा हुने भएकाले सेवा रोकिएको थियो । तर, यसपटक भने विदेशी र स्वदेशी पर्यटकहरुको संख्या कमी हुने कारण नभई मर्मत सम्हारका लागि सेवा रोकिने भएको मनकामना दर्शन प्रालिले जानकारी दिएको छ।

Advertisement:

Ad
Ad

कम्पनीका अनुसार मर्मतका लागि नयाँ तार फेर्ने, पुराना लठ्ठाहरुलाई छोट्याउने तथा अन्य आवश्यक कामहरु गर्ने तालिका तय भएको छ । सो कामका लागि देशमा जनशक्ती अभाव रहेको भन्दै विदेशबाट प्राविधिकहरु झिकाउनु पर्ने कठीनाई रहेको समेत कम्पनीले जानकारी दिएको हो ।