सूर्यज्योति लाइफको संस्थापक शेयर विक्रीमा

२०८१ असार २८ गते

सूर्यज्योति लाइफको संस्थापक शेयर विक्रीमा

काठमाडौं । शुक्रवार सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको यो शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले यो शेयर विक्री खुला गरेको थियो । ३५ दिनसम्मको अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको हो ।

असार २८ गतेदेखि साउन ४ गते कार्यालयसमयभित्र इच्छुक खरीदकर्ताहरूले कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । साथै एनआईसी एशिया बैंकको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंसँगै शाखा कार्यालयहरू विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । प्रतिकित्ता १५० रूपैयाँ मुल्य तोकिएको यी शेयर खरीदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

Advertisement:

Ad
Ad