सुनको मूल्यमा अल टाइम रेकर्ड, आज ६ सय बढेको सुनको मूल्य कति पुग्यो ?

२०८१ कात्तिक ०१ गते

सुनको मूल्यमा अल टाइम रेकर्ड, आज ६ सय बढेको सुनको मूल्य कति पुग्यो ?

काठमाडौ । सुनको मुल्यमा पछिल्लो समय लगातार रेकर्ड कायम भइरहेको छ । आज बिहिबार (कात्तिक १) सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने केही घटेको छ । चाँदी प्रतितोला १ हजार ६ सय ७२ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी अघिल्लो दिन बुधबार १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

Advertisement:

Ad
Ad