सुनको मूल्यले बनायो नयाँ रेकर्ड

२०८१ असोज ३० गते

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज १३ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६१ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च दर हो।

अघिल्लो कारोबार दिन मंगलबार १४ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६० हजार ५०० सयमा कारोबार भएको थियो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। यसदिन चाँदी प्रतितोला १९५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

Advertisement:

Ad
Ad

मंगलबार प्रतितोला चाँदी १९२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।