सुनको मूल्य एकै दिन २१ सयले बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

२०८१ मंसिर २५ गते

सुनको मूल्य एकै दिन २१ सयले बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपाली बजारमा आज प्रतितोला सुन रू दुई हजार एक सय बढेको छ ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको सुन आज बजार खुल्दा रू एक लाख ५२ हजार दुई सय कायम भएको जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला रू ६० ले बढेर रू एक हजार नौ सय २५ कायम भएको छ ।

Advertisement:

Ad
Ad